इलाममा २७ हजारभन्दा बढी गणना हुँदा एमालेका सुहाङको मत ११ हजार नाघ्याे

 बैशाख १७, २०८१ सोमबार १२:१६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपचुनाव अन्तर्गत इलाम–२ मा २७ हजारभन्दा बढी मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङकाे मत ११ हजार नाघेकाे छ । पछिल्लो मतपरिणामअनुसार सुहाङले ११ हजार ७८ र कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ३ सय २४ मत ल्याउनुभएको छ ।

यस्तै पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ६ हजार ९ सय १ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन योङहाङको १ हजार ५ सय १२ मत आएको छ । इलाम–२ मा अस्ति शनिवार भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए ।

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित हुनुभएको थियो । त्यतिबेला कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याउनुभएको थियो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया