आज पनि पहाडी भेगका केही ठाउँमा हल्का वर्षाको सम्भावना

 जेठ ३, २०८१ बिहीबार ८:४७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आज पनि दिउँसोपख पहाडी भेगका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार कोशी प्रदेशका पहाडी भेगका केही ठाउँका साथै बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एक–दुई ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति पनि कोशी,  गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई ठाउँमा मेघगर्जन, हुरीबतास एवम् चट्याङसहित हल्का पानी पर्न सक्ने महाशाखाले जनाएको छ । देशमा अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । सोमवारदेखि पानी पर्ने क्रम केही घटेपछि गर्मी बढेको छ । 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया