नेपाल र यूएईबीच कुटनीतिक सम्बन्धको ४२ वर्ष पूरा

 माघ ८, २०७५ मंगलबार १४:१८:३२ | उमाकान्त पाण्डे

यूएई - नेपाल र यूएईबीच कुटनीतिक सम्बन्ध स्थापना भएको मंगलबार ४२ वर्ष पूरा भएको छ । 

२२ जनवरी १९७७ मा सुरु भएको कुटनीतिक सम्बन्धलाई नेपालले यूएईमा सन २००४ को अप्रिल ११ मा नेपाली दूतावास स्थापना गरेर थप बलियो बनाएको थियो । 

कार्यकाल पूरा गरेर राजदूत धनन्जय झा नेपाल फर्किएपछि गएको झन्डै ३ वर्ष यता यूएईमा नेपाली राजदूत नियुक्त भएका छैनन्। अहिले कार्यबाहक राजदूतको रुपमा  सागरप्रसाद फुयाँलले दूतावासको नेतृत्व गरिरहनु भएको छ । 

यूएईले पनि सन २०१६ को १० मे मा काठमाण्डौमा दूतावास स्थापना गरेर काम सुरु गरेको छ । यूएईमा नेपालीको सँख्या बढेसँगै दुबईमा कन्सुलेट कार्यालय स्थापना गरेर सेवा प्रदान गर्न यहाँ कार्यरत नेपालीहरुले आग्रह गरेका छन् ।  

दुई देशबीचको कुटनीतिक सम्बन्ध थप बलियो बनाउन पछिल्ला समय दुई देशका उच्च अधिकारीहरुले नियमित रुपमा भ्रमण गर्दै आएको कार्यबाहक राजदुत फुयाँलले बताउनुभयो ।  

नेपालका लागि भारत र चीनपछि यूएई तेस्रो ठूलो व्व्यवसायिक साझेदार देश पनि हो । यूएईबाट वार्षिक ५ दशमलब १ प्रतिशत सामान नेपाल आयात गरिने र नेपालबाट जम्मा शून्य दशमल ४ प्रतिशत मात्रै सामान यूएईमा निर्यात हुने गरेको छ । 

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया