सामाजिक सुरक्षा कोषमा चौधरी ग्रुपसहित ठूला कम्पनी, श्रमिकको संख्या ५० हजार नाघ्यो

 भदौ २५, २०७६ बुधबार १७:२०:४० | उज्यालो सहकर्मी

काठमाण्डौ – सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकको संख्या ५० हजार नाघेको छ ।

बुधबार दिउँसो २ बजेसम्म सूचीकृत हुने श्रमिकको संख्या ५० हजार १ सय ४० पुगेको कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले जानकारी दिनुभयो । यस्तै सूचीकृत रोजगारदाताको संख्या ४ हजार ७ सय ९० पुगेको छ । 

सूचीकरणका लागि तोकिएको समयसीमा नजिकिंदै गर्दा आवद्ध हुन आउने रोजगारदाता तथा श्रमिकको संख्या उल्लेख्य बढ्दै गएको कोषले जनाएको छ । कोषमा सूचीकृत हुनेमा ठूला रोजगारदाताको संख्या बढी देखिएको निर्देशक ज्ञवालीले बताउनुभयो ।

चौधरी ग्रुप, गोल्छा अर्गनाइजेसन, डाबर नेपाल, सूर्य नेपाल, शिवम सिमेन्ट, युनिलिभर, जीफोरएससहित १ सय १७ वटा ‘आउटसोर्सिङ’ कम्पनीहरु, नोबल मेडिकल कलेज, मेडिकेयर अस्पताल, गोल्डस्टार सुज, नर्भिक अस्पताल र आम्दा नेपाल सूचिकृत भएका छन् ।

यस्तै, सानीमा हाइड्रो, सोल्टी होटल, मेरियट होटल, सांग्रीला होटल, शंकर ग्रुप, यती डिष्टीलरी, ट्रिनटी कलेज, किष्ट कलेज, त्रियोग स्कुल, इन्फोटेक सर्भिसेज (विभिन्न क्षेत्रमा हजारौं प्राविधिक कर्मचारीलाइ आउट सोसिंङ गर्ने कम्पनी), दराज डटकम लगायकत सामाजिक सुरक्षा कोषमा सूचीकृत भैसकेका छन् ।

कतिपय संस्थामा कोषका कर्मचारी आफैं पुगेर सूचीकरणको लागि सहयोग गरेका छन् । सूचीकरणलाई अझै छिटो छरितो बनाउन केही दिनभित्रै कलसेन्टर खोल्ने तयारी भैरहेको काषेले जनाएको छ  ।

सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउन प्रयास

सबै रोजगारदाता र श्रमिकलाई कोषमा सूचीकृत गर्नको लागि सामाजिक सुरक्षा कोषले आवश्यक प्रयास गर्दै आएको छ । कोषका कतिपय प्रावधानमा देखिएका अस्पष्टतालाई प्रष्ट हुने गरी कार्यविधी संशोधन भैसकेको छ । विभिन्न २३ वटा बुँदामा संशोधन गरी रोजगारदाता र श्रमिकहरुलाई कोषमा आवद्ध हुन थप सहज बनाइएको कोषको भनाई छ ।

यस्तै २ लाखभन्दा बढी श्रमिक रहेको आउटसोर्सिङ कम्पनीको छाता संगठनका अध्यक्षसँग छलफल भैरहेको कोषले जनाएको छ । कोषका अनुसार १ सय १७ वटा आउटसोर्सिङ कम्पनी सूचीकृत भैसकेका छन् । 

निजी विद्यालयको संगठन प्याब्सनले कोषमा आउने प्रतिवद्धता जनाएको छ । प्याब्सनमा आवद्ध ६ हजार ३ सयभन्दा बढी विद्यालय र सवा लाख शिक्षकलाई सामाजिक सुरक्षा कोषमा ल्याइने प्रतिवद्धता भएको छ ।

देशैभरका श्रमिकलाई कोषमा आवद्ध गराउन संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) र नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई० सँग पनि कोषले छलफल गरिसकेको छ ।

यस्तै होटल एसोसियसन अफ नेपालले आयोजना गरेको अन्तक्र्रियामा कोषकाबारे रहेको अस्पष्टता हटेको र अहिले होटलहरु क्रमशः सूचीकृत हुने क्रम बढेको पनि कोषले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया