वैदेशिक रोजगार विभागमा नयाँ महानिर्देशक

 साउन ३, २०७५ बिहिबार १७:२६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – वैदेशिक रोजगार विभागमा नयाँ महानिर्देशक नियुक्त भएका छन् । सहसचिव दिलिपकुमार चापागाईंले बिहीबारदेखि महानिर्देशकका रुपमा काम सम्हाल्नुभएको हो । 

श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयमा केही महिनाअघि मात्रै उहाँ गृह मन्त्रालयबाट सरुवा भएर आउनु भएको थियो । यसअघिका महानिर्देशक भुवनप्रसाद आचार्यलाई व्यावसायीक तथा सीप विकास तालिम केन्द्र भैंसेपाटीको प्रमुखकाे जिम्मेवारी दिइएको छ । 
 

तपाईको प्रतिक्रिया