अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बिहीबार घट्यो

 फागुन ८, २०७६ बिहिबार १०:३८:२३ | उज्यालो सहकर्मी

काठमाण्डौ – बिहीबार अमेरिडी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एककोे खरिददर ११४ रुपैयाँ १७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७७ पैसा तोकेको छ । हिजो खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७९ पैसा थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ६० पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ४५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा तोकेको थियो । 

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा रहेको थियो । 

यस्तै, ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ४४ पैसा तोकेको छ । हिजो खरिददर २९८ रुपैयाँ ०९ पैसा तोकेको थियो ।

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको थियो । 

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ४४ पैसा र र बिक्रीदर २७ रुपैयाँ ५८ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ५० पैसा र र बिक्रीदर २७ रुपैयाँ ६४ पैसा थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा तोकेको थियो ।

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १३ पैसा तोकेको छ । हिजो खरिददर ३७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ९२ पैसा रहेको थियो ।

यस्तै आज बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ४४ पैसा तोकेको छ । हिजो खरिददर ३०२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ४८ पैसा तोकिएको थियो ।

तपाईको प्रतिक्रिया