वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? सूचीकृत स्वास्थ्य संस्थाबाट मात्रै स्वास्थ्य परीक्षण गर्नुहोस्

 फागुन १५, २०७६ बिहिबार ११:३:३८ | उज्यालो सहकर्मी

काठमाण्डौ – तपाई‌ं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने सरकारले तोकेका स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गर्नुहोस् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुको नवीकरण गरेको छ । 

तपाईं स्वास्थ्य परीक्षण गर्न गइरहेको मेडिकल सरकारले तोकेको सूचीभित्र नपरेको पनि हुनसक्छ । त्यही भएर सूचीभित्र परेको छ कि छैन, बुझेर मात्र स्वास्थ्य परीक्षण गर्नुहोस् । 

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन कार्यविधि, २०७२ अनुसार तोकेको मापदण्ड पूरा गरेका स्वास्थ्य संस्थाहरु मात्र सूचीकृत भएका हुन् । 

पहिले २५९ स्वास्थ्य संस्थाले वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षण गर्दै आएका थिए । तर नवीकरणपछि ३४ स्वास्थ्य संस्था सूचीबाट हटेका छन् । अब २२५ स्वास्थ्य संस्थाले मात्र वैदेशिक रोजगारीमा जानेहरुको स्वास्थ्य परीक्षण गर्न पाउने भएका छन् । 

सूचीकृत भएका स्वास्थ्य संस्थाको विवरण हेर्नुहोस् । 

 

तपाईको प्रतिक्रिया