कतारी आइडी नभए पनि निःशुल्क उपचार पाइने, सबै श्रमिकलाई आधारभूत तलब र भत्ताको व्यवस्था

 चैत १६, २०७६ आइतबार १६:१४:१६ | उज्यालो सहकर्मी

काठमाण्डौ – कतार सरकारले सबै श्रमिकको निःशुल्क उपचार गर्ने भएको छ । कतारमा कोभिड १९ को कुनै लक्षण देखिएमा वा पोजेभिटभ देखिएमा कतारको आइडी भए पनि नभए पनि सबै श्रमिकलाई निःशुल्क उपचार गर्ने कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले जारी गरेको सूचना अनुसार यदि ज्वरो, खोकी वा सास फेर्न गाह्रो भएमा तुरुन्त अरुबाट अलग बसी कतार सरकारको कोभिड १९ को हटलाइन नम्बर १६००० मा सम्पर्क गर्न सकिन्छ । आपतकालीन अवस्था भएमा ९९९ मा फोन गरी एक्बुलेन्स बोलाउन सकिन्छ । 

ज्वरो खोकी वा सास फेर्न गाह्रोे हुने लक्षण देखा परेमा, आफूसँग सम्पर्क भएको व्यक्तिहरुमा सम्पर्क हुँदा बखत भाइरसको कुनै लक्षण नखेखिएको भएता पनि अहिले ती व्यक्तिमा कोभिड १९ पोजेटिभ देखिएमा कतारको स्वाथ्य मन्त्रालयको हटलाइन नम्बर १६००० मा सम्पर्क गर्न सकिन्छ । 

कोरोनाको कारण अलग बस्दा, क्वारेण्टीनमा बस्दा वा उपचारमा रहँदा पनि कतारले सबै श्रमिकलाई आधारभूत तलब र भक्ता दिने जनाएको छ । बिरामी बिदा र सुविधाका लागि योग्य छन् कि छैनन् भनेर हेरिने छैन । 

सकारको आदेश अनुसार बन्द भएका विभिन्न क्षेत्रमा कार्यरत श्रमिकले तलब आधारभूत सेवा खाने बस्नेजस्ता भक्ताहरु पाउनेछन् । यस्तो तलब भक्ता सबै कामदारले पाउनेछन् । 

यो संकटका बेला रोजगारातालाई श्रमिकको करार रद्द गर्ने अधिकार त छ, तर करार रद्द गर्दा कतारको श्रम कानुन र सम्झौताको पूर्ण पालना गर्नुपर्ने हुन्छ । साथै रद्द गर्नुपूर्व करार बमोजिम सूचना दिने र पाउनुपर्ने बाँकी हिसाब र घर फर्कनका लागि हवाई टिकट दिन पर्छ ।

देश बाहिर रहेका र काममा फर्कन नसक्ने अवस्था नभएका श्रमिकले रोजगदारदातासँग छलफल गर्नुपर्छ । कामदारले करारपत्रमा कुनै पनि परिवर्तन अस्वीकार गर्न सक्छन् । करार पत्र रद्द गर्नुपरेको खण्डमा कतारको श्रम कानुन र करारपत्रको पूर्ण पालना गर्नुपर्ने हुन्छ । साथै, रद्द गर्नुपुर्व करारबमोजिम अग्रिम सूचना दिने र पाउनुपर्ने बाँकी हिसाब पनि दिनुपर्ने हुन्छ । 

यो समयमा भिसाको म्याद थप्न वा भिसाको अवस्था  htpps://portal.moi.gov.qa/visitvisaextension  बाट थाहा पाउन सकिन्छ ।

कतार आइडीको म्याद थप्न वा अवस्था थाहा पाउन metrash 2 एप्लिकेसन प्रयोग गर्न र थप नयाँ सूचना तथा जानकारीका लागि कतारको आन्तरिक मन्त्रालयको वेवसाइट हेर्न अनुरोध गरिएको छ । 

यो समयमा श्रमिलाई आफ्नो काम वा आवास समबन्धी कुनै समस्या भएमा कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयको सम्पर्क नम्बर १६००८ मा वा [email protected] सम्पर्क गर्न सकिन्छ । 

कोभिड १९ पोजेटिभ देखिएका श्रमिकलाई मुकाइनिस क्षेत्रका केन्द्रहरुमा क्वारेण्टीनमा राखिने र त्यहाँ सबै आवश्यक उपचार खाना र बस्नको निःशुल्क व्यवस्था गरिएको मन्त्रालयले उल्लेख गरेको छ । यो सबै सुविधा कतारमा काम गर्ने घरेलु श्रमिकको हकमा पनि लागू हुन्छ । 

तपाईको प्रतिक्रिया