विदेशबाट फर्कनेलाई १४ दिन क्वारेण्टीनमा बस्न बोर्डको अनुरोध

 चैत १६, २०७६ आइतबार १७:४८:२७ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगार बोर्डले विदेशबाट फर्किएकालाई १४ दिन क्वारेण्टीनमा बस्न अनुरोध गरेको छ ।

कोरोनाको जोखिम भएको देशबाट फर्कनेहरुमा कोरोनाको सङक्रमणको जोखिम हुने भन्दै १४ दिनसम्म आफ्ना परिवार, साथीभाइ तगा आफन्तसँग भेटघाट नगरी एकान्तबासमा बस्न बोर्डले अनुरोध गरेको हो ।

साथै, ज्वरो आउने, सास फेर्न गाह्रो हुने, निरन्तर खोकी लाग्ने वस्ता समस्या देखिएको तुरुन्त स्वास्थ्य संस्थमा जचाउन पनि बोर्डको अनुरोध छ । पछिल्लो समय विदेशबाट फर्किएकामा कोरोनाको सङक्रमण पुष्टि भएकाले विदेशबाट फर्कनुभएको छ भने कोरोनाको लक्षण देखिएको छैन भने पनि क्वारेण्टीनमा बस्न सरकारले पनि अनुरोध गरिरहेको छ । कतिपय पालिकाले नै विदेशबाट फर्कनेको तथ्याँक राख्न र क्वारेण्टीनको व्यवस्था समेत गर्न थालेका छन् ।

तपाईको प्रतिक्रिया