साउदीले अप्रिल ३० सम्म भिसाको अवधि थप्ने

 चैत १९, २०७६ बुधबार ११:४८:१४ | उज्यालो सहकर्मी

काठमाण्डौ – तपाईँ साउदीमा हुनुहुन्छ तर भिसा सकिएको छ ? वा घर बिदामा नेपाल आउँदा कोरोनाको जोखिमका कारण रोजगारीमा फर्कन नपाउँदा भिसा र साउदीको आईडीको म्याद सकियो ? यस्तो समस्यामा हुनुहुन्छ भने नआत्तिनुहोस् ।

साउदीले पारिवारिक, पर्यटक वा व्यवसायिक भिसामा साउदी पुगेका तर कोरोना भाइरसको कारण भिसाको अवधिभित्र स्वदेश फर्किन नसकेका वा अवधि थप्न नपाएकाहरुको जरिबाना मिनाहा गरी सरकारी दस्तुर मात्र तिरेपछि २०२० अप्रिल ३० सम्म अवधि थप्ने भएको छ । साउदीमा रहेको नेपाली दूतावासका अनुसार यो अवधि उडान नखुलेसम्म जारी रहने छ ।

साथै, साउदीको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस समाप्तीको घोषणा गरिसकेपछि साउदीबाट बिदामा गएका सबैको इकामा र भिसाको अवधि नवीकरण हुने पनि दूतावासले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस पूर्ण रूपमा समाप्त भएको घोषणा गरेको ३० दिनसम्म यी प्रकृयाको समयावधि कायम रहने छ ।

तपाईको प्रतिक्रिया