परदेशमा समस्यामा पर्नेलाई सहयोग गर्न एनआरएनएकाे विज्ञ सहितकाे समिति गठन

 चैत २०, २०७६ बिहिबार १३:१८:१७ | उज्यालो सहकर्मी

काठमाण्डौ – कोरोनाका कारण परदेशमा समस्यामा पर्ने नेपालीलाई सहयोग गर्न गैर आवासीय नेपाली संघ (एनआरएनए)ले अध्यक्ष कुमार पन्तको संयोजकत्वमा संसारभरका विज्ञहरुको उच्चस्तरीय समिति गठन गरेको छ ।

कोरोनाको कारण समस्यामा आपतकालीन अवस्थामा विश्वभर छरिएर रहेका नेपालीहरुलाई सहयोग गर्नका लागि रणनीतिक कार्ययोजना समेत तयार गरिसकेको एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीले बताउनुभयो ।

विश्वभर छरिएका राष्ट्रिय समन्वय परिषदहरुले नेपाली कुटनीतिक नियोगहरुको सहकार्यमा नेपाली समुदायलाई सहयोग गर्दै आएको पनि प्रवक्ता क्षेत्रीले बताउनुभयो । एनआरएनएले कोरोनासँग लड्नका लागि सरकारको कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता पनि गरिसकेको छ ।

साथै विभिन्न देशबाट स्वास्थ्य परीक्षण उपकरण र स्वास्थकर्मीका लागि सुक्षाका सामाग्री खरिद गरी नेपलमा उपलव्ध गराउने प्रकृया शुरु भैसकेको पनि एनआरएनएले जनाएको छ । साथै, आपतकालीन अवस्थामा देश विदेशमा बस्ने सबै नेपालीलाई सुरक्षित भएर विपदसँग लड्न पनि एनआरएनएले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया