रियाल, दिर्हाम, रिंगिट स्थिर, अरु विदेशी मुद्राको मूल्य थोरै घटबढ

 साउन २८, २०७५ सोमबार ९:१०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २८ पैसा र बिक्रिदर २९ रुपैयाँ ४४ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रिदर ३० रुपैयाँ ३२ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ९० पैसा र बिक्रिदर ३० रुपैयाँ ०६ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८९ पैसा र बिक्रिदर २७ रुपैयाँ ०३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रिदर ९ रुपैयाँ ७७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६१ रुपैयाँ ९३ पैसा छ भने बिक्रिदर ३ सय ६३ रुपैयाँ ९१ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९१ रुपैयाँ २८ पैसा र बिक्रिदर २ सय ९२ रुपैयाँ ८७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

तपाईको प्रतिक्रिया