एसियाली खेलकुदमा स्वर्ण पदक विजेता भारतीय खेलाडी हकमसिंहको निधन

 साउन २९, २०७५ मंगलबार २०:१७:२८ | एजेन्सी
unn.prixa.net

एथ्लेटिक्स अन्तर्गत एसियाली खेलकुदमा गोल्ड मेडल जितेका भारतीय खेलाडी हकमसिंह भट्टलको निधन भएको छ । 

कलेजोको समस्याका कारण लामो समयसम्म अस्पतालमा रहेका भट्टलको मंगलबार बिहान भारतको पञ्जाबमा रहेका संगरुर अस्पतालमा निधन भएको हो । आर्थिक अवस्था खराब भएकाले उपचारमा सुरुमा उनको परिवारले ठूलै समस्या झेलेको थियो । उनले सन् १९७८ मा बैंककमा भएको एसियन गेम्समा २० किलोभिटर दौडमा गोल्ड मेडल जित्दै नयाँ रेकर्ड पनि बनाएका थिए ।

सन् १९८१ मा घाइते भएपछि खेल जीवनबाट सन्यास लिएका भट्टल पञ्जाब पुलिसमा २००३ देखि एथ्लेटिक्स कोच भएका थिए । उनी पञ्जाब पुलिसको कोचबाट २०१४ मा निवृत्त भएका थिए ।

तपाईको प्रतिक्रिया