बुधबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर

 साउन ३०, २०७५ बुधबार १०:३३:११ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रिदर २९ रुपैयाँ ९० पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६३ पैसा र बिक्रिदर ३० रुपैयाँ ८० पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रिदर ३० रुपैयाँ ५३ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ २२ पैसा र बिक्रिदर २७ रुपैयाँ ३७ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८८ पैसा र बिक्रिदर ९ रुपैयाँ ९४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६७ रुपैयाँ ६९ पैसा छ भने बिक्रिदर ३ सय ६९ रुपैयाँ ६७ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ७८ पैसा र बिक्रिदर २ सय ९७ रुपैयाँ ३७ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

तपाईको प्रतिक्रिया