प्रवर्द्धन बोर्डको कार्यकारी निर्देशकमा राजन प्रसाद श्रेष्ठ

 भदौ १, २०७५ शुक्रबार ११:२४:६ | उज्यालो सहकर्मी

काठमाडौं – वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कार्यकारी निर्देशकमा राजन प्रसाद श्रेष्ठ नियुक्त हुनुभएको छ ।

उहाँले शुक्रबारदेखि बोर्डको कार्यभार सम्हाल्नुभएको छ । श्रेष्ठ यसअघि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सुरक्षित आप्रवासन परियोजनामा आवद्ध हुनुहुन्थ्यो । 

यसअघि बोर्डको कार्यकारी निर्देशकमा श्रम रोजजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता समेत रहेका प्रकाश दाहाल हुनुहुन्थ्यो। 

1 Comments

  • Ramchandra Upadhyay

    Aug. 17, 2018, 11:36 a.m.

    यस्ता पदहरुमा नियुक्त हुने व्यक्तिको चयन ब्युरोक्रेटवाट भन्दा उच्चस्तरीय समितिवाट गर्दा बढी प्रभावकारी हुने आशा गर्न सकिन्छ /

तपाईको प्रतिक्रिया