विदेशी मुद्राको मूल्य ह्वात्तै बढ्यो

 असोज १८, २०७५ बिहिबार १०:१२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बुधबारको तुलनामा आज विदेशी मुद्राको मूल्य ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ र बिक्रिदर ३२ रुपैयाँ ३१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ८७ पैसा र बिक्रिदर ३२ रुपैयाँ ०३ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २८ पैसा र बिक्रिदर २८ रुपैयाँ ४३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४५ र बिक्रिदर १० रुपैयाँ ५० पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८५ रुपैयाँ ४८ पैसा छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ ४६ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय १० रुपैयाँ ५२ पैसा र बिक्रिदर ३ सय १२ रुपैयाँ १२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

तपाईको प्रतिक्रिया