युएईमा बैंक ग्यारेन्टीको सट्टा कामदारको बीमा, घरेलु कामदार पनि समेटिने

 असोज १८, २०७५ बिहिबार १५:२९:५५ | उज्यालो सहकर्मी

युएई – घरेलु कामदारलाई पनि समेट्ने गरी युएईले नयाँ इन्स्योरेन्स स्किम ल्याएको छ । कामदार भर्ती गर्दा रोजगारदाताले राख्नुपर्ने बैंक ग्यारेन्टीलाई फिर्ता गर्दै युएईले नयाँ इन्स्योरेन्स स्किम ल्याएको हो । 

कार्यस्थलमा हुने क्षति, ओभरटाइम, बिदा भत्ता, तलब नपाएका कामदारका लागि तलब र घर फर्किदा टिकट लगायत नयाँ इन्स्योरेन्स स्किमले समावेश गर्नेछ । प्रत्येक कामदार बराबर वार्षिक ६० दिर्हामको इन्स्योरेन्स रोजगारदाताले नै गरिदिन पर्नेछ । यसले २० हजार दिर्हामको बीमा समेट्ने छ । 

बुधबार बैंक ग्यारेन्टी फिर्ता गर्ने निर्णय गर्दै युएईले रोजगारदाताले नै कामदारको इन्स्योरेन्स गर्नु पर्ने नियम ल्याउन लागेको हो । 

नयाँ इन्यस्योरेन्स स्किमले घरेलु कामदारलाई पनि समावेश गर्नेछ । यसले निजी क्षेत्रमा काम गर्ने कामदारको अधिकारलाई सुनिश्चित गर्ने र कामदार भर्ती गर्दा रोजगारदाता माथि पर्ने भारलाई कम गर्ने विश्वास गरिएको छ । 

बैंक ग्यारेन्टी फिर्ता गर्दै यो नियम अक्टोबरको मध्यतिरबाट सुरुवात हुने युएईको मानव संसाधन मन्त्रालयले जनाएको छ । 
 

1 Comments

  • Hota bahadur budhathoki

    Oct. 5, 2018, 1:43 a.m.

    युएइ सरकारले धेरै राम्रो काम गर्दैरहेछ /

तपाईको प्रतिक्रिया