विदेशी मुद्राको भाउ सोमबार भन्दा महँगियो

 कात्तिक ६, २०७५ मंगलबार ११:१०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सोमबार भन्दा आज विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २४ र बिक्रिदर ३२ रुपैयाँ ४१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ९६ पैसा र बिक्रिदर ३२ रुपैयाँ १२ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २२ पैसा र बिक्रिदर २८ रुपैयाँ ३६ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३७ र बिक्रिदर १० रुपैयाँ ४३ पैसा रहेको छ । 

कुवेती दिनार एकको खरिददर ३ सय ८६ रुपैयाँ ८७ पैसा छ भने बिक्रिदर ३ सय ८८ रुपैयाँ ८५ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ११ रुपैयाँ ४० पैसा र बिक्रिदर ३ सय १२ रुपैयाँ ९९ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

तपाईको प्रतिक्रिया