वन कमजोर, रियाल, दिर्हाम र रिंगिटको मूल्य थोरै बढ्यो

 जेठ ३०, २०७५ बुधबार १०:३७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ७१ पैसा र विक्रिदर २८ रुपैयाँ ८७ रुपैयाँ रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ५७ पैसा र विक्रिदर २९ रुपैयाँ ७४ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ३२ पैसा र विक्रिदर २९ रुपैयाँ ४८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९९ पैसा र विक्रिदर २७ रुपैयाँ १४ रहेको छ । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९७ पैसा र विक्रिदर १० रुपैयाँ ०३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५६ रुपैयाँ ३७ पैसा छ भने विक्रिदर ३ सय ५८ रुपैयाँ ३५ पैसा रहेको छ । 

बहराइन दिनार एकको खरिददर २ सय ८५ रुपैयाँ ०५ पैसा र विक्रिदर २ सय ८६ रुपैयाँ ६३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया