'एमडीएमएस' खरिदमा भ्रष्टाचार : दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्...
चैत १५, २०८० बिहिबार
अर्जुन बुढाथोकी
प्रश्न: वैदेशिक रोजगारको सिलसिलामा जति अवधीको करारमा गएको हुन्छ त्यो बिचमा कम्पनी बन्द भएर करार अवधि नसकी नेपाल फर्काएमा के कस्तो सहायता पाइन्छ यो सम्बन्धी के प्रावधान छ ?
उत्तरः अर्जुन जी, हामीले तपाईंको प्रश्न पिपुल्स फोरममा आवद्ध अधिवक्त कृष्णप्रसाद न्यौपानेसँग राखेका थियौं। उहाँका अनुसार, कम्पनी बन्द हुँदा यही सहायता पाइन्छ भन्ने कानुनी प्रवधान छैन। तर करार अवधिभर काम गर्न नपाउँदा कामदार मर्कामा पर्ने भएकाले करार अवधिभरीको तलब दावी गर्न पाइन्छ। र, क्षतिपूर्ति पनि पाइन्छ। पिपुल्स फोरमले तपाईंलाई निःशुल्क कानुनी सहायता दिन्छ। सहायता र थप जानकारीका लागि ९८४१४२२४७१मा सम्पर्क गर्न सक्नुहुन्छ।