जागेश्वर बुढा / युएई

प्रश्नः नेपालबाट मलाई राम्रो काम छ भनेर पठायो । तर यहाँ कम्पनीमा सिस्टम नै छैन । तलब समयमा दिँदैन, सानो सनो गल्तीमा पनि तलब काट्ने, सजाय दिने गर्छ । ११ सय दिर्हाम तलब त जरिवाना तिर्दै सकिन्छ । म दुबईको पावर ग्रुप कम्पनीमा कोही पनि नेपाली दाजुभाइ दिदीबहिनीलाई नआउन सुझाव दिन्छु ।


 

उत्तरः जागेश्वर जी, तपाईँ आफ्नो समस्या यूएईमा रहेको नेपाली दूतावासमा राख्नुहोस् । दूतावासबाट समास्या समाधानका लागि समन्वय हुन्छ भन्ने हामीले आशा गरेका छौँ । त्यसका लागि आबुधाबीमा रहेको नेपाली दूतावासमा +971 2 634 4767, +971 2 634 4385 नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ ।