राज लामा / नुवाकोट

प्रश्न  : रोजगारीका लागि विदेश जाँदा सरकारले फ्रि भिसा फ्रि टिकट लागु गरे पनि म्यानपावरमा गएर बुझ्दा यस्तो भिसामा जाँदा राम्रो हुँदैन भन्छन । गयो भने कम्पनी टुट्छ वा कमाइ नै हुँदैन भन्छन् । गए विजोक मात्रै हुन्छ रे । पैसा धेरै तिरेर जाँदा काम र कमाई राम्रो हुन्छ भन्छन्, यो कुरा साँचो हो ?


 

उत्तर : राज जी, यो कुरा साँचो होइन । तपाईंलाई जस्तै अरुलाई पनि थोरै पैसा तिरेर जाँदा थोरै कमाई र नराम्रो काममा परिन्छ भनेर दलालले भन्ने गरेका छन् । धेरै पैसा तिर्दा राम्रो काम र कमाई हुन्छ भनेर लोभ देखाउँछन । तर वास्तविकता त्यस्तो होइन् । थोरै पैसा तिर्दा नराम्रो काम र थोरै कमाई हुने अनि, धेरै पैसा तिर्दा राम्रो काम र कमाई हुने भन्ने कुरै हुँदैन । सरकारले अहिले खाडीका ६ र मलेसिया गरी सात वटा देशमा फ्रि भिसा फ्रि टिकट लागु गरेको छ । त्यसैले कसैले भनेकै भरमा धेरै पैसा नतिर्नुहोला ।