खिलबहादुर शंकर / मलेसिया

प्रश्नः म मलेसिया आएको पाँच वर्ष भयो। २०१८ मा मेरो भिसा लागेको छैन। कम्पनीलाई सोध्दा प्रोशेस हुँदैछ भन्छ। ९ महिना भइसक्यो भिसा बिना नै काम गरेको। म कसरी नेपाल फर्किने होला ?


 

उत्तरः खिलबहादुर जि, हामीले तपाईँको समस्या पिपुल्स फोरममा आवद्ध अधिवक्ता कृष्णप्रसाद न्यौपानेसँग राखेका थियौं। उहाँका अनुसार भिसा बिना नै तपाईँले मलेसियामा काम गरेको लामो समय भएकाले तपाईँलाई भिसा अवधिभन्दा बढि बसे बापतको जरिवाना हुन सक्छ। तपाईँको जागिर पनि भिसा बिना असुरक्षित छ। त्यसैले तपाईँ जसरी पनि नेपाल फर्किन पर्छ। त्यसैले मलेसियाको क्यालालामपुरमा रहेको नेपाली दूतावासमा गएर आफ्नो समस्या राख्नुहोला। कम्पनीमा काम गरिरहेको तर भिसा नलागेको खुल्ने कुनै प्रमाण भएमा तपाईँलाई सहज हुन्छ। आफूसँग भएका कागजपत्र लिएर दूतावास जानुहोला।