सबिन राई / साउदी अरेबिया

प्रश्नः म साउदी आएको छ महिना भयो। अहिले घरमा बुबा बित्नु भएकाले एक महिनाको लागि बिदामा घर जान चहान्छु तर दिदैन के गर्ने होला ?


 

उत्तरः सबिन जी, तपाईँको समस्या हामीले पिपुल्स फोरममा आवद्ध अधिवक्ता राजेश भण्डारीसँग राखेका थियौं। उहाँका अनुसार साउदीबाट फर्किने कुरा साहु मै भर पर्दछ। त्यहाँको कानून अनुसार तपाईँले आफ्ने समस्या राख्दा पनि साहुले पठाउन चाहेन भने तपाईँ फर्किन गाह्रो हुन्छ। त्यसैले यहाँ रहेका परिवारले तपाईँलाई फर्काउनका लागि वैदेशिक रोजगार विभागमा निवेदन दिन सक्छन्। विभागमा निवेदन दिए पश्चात म्यानपावरले तपाईँको कम्पनीलाई अनुरोध गरिदियो भने त्यहाँबाट फर्किन पाउने सम्भावना रहन्छ। तपाईँले परिवारलाई काठमाडौंको बुद्ध नगरमा रहेको वैदेशिक रोजगार विभागमा निवेदन दिन पठाउन सक्नुहुन्छ।