सबिता

प्रश्नः म यूएई  जान चाहन्छुँ   महिलाले गार्मेन्ट वा ब्युटिपार्लरको काममा जानको लागि के गर्नुपर्छ ? तालिमप्राप्त पनि छैन म के गर्ने होला ?


 

उत्तरः  सबिता जी, सरकारले गार्मेन्टको काममा अहिले महिलालाई विशेषगरी जोर्डन पठाउदै आएको छ । गार्मेन्टको तालिम तपाईँले निशुल्क लिन पाउनुहुन्छ । त्यसका लागि नेपाल सरकार तथा स्विजरल्याण्ड सरकारको सहयोगमा हेल्भेटास नेपालले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारीमा जाने निर्णय गरिसकेकालाई निःशुल्क तालिम दिन्छ । तालिममा सहभागी हुन इच्छुकले सोमबार देखि शुक्रबार विहान ९ बजेदेखी बेलुकी ५ बजेसम्म मोवाइल नम्बर ९८४०२४८०३४ वा ९८४०२५५२८० मा फोन गरेर थप जानकारी लिन सकिन्छ ।