मनोज सुवेदी

प्रश्न: म वैदेशिक रोजगारीको लागि कतार जान चाहान्छु । म पहिलाे पटक जान लागेको हो । अब मैले के के गर्नु पर्छ ?


 

उत्तर: मनोज जी, सबैभन्दा पहिला त तपाईँ के काम गर्न जान चाहनुहुन्छ त्यही अनुसारको सीप सिक्नुहोस् । आफूसँग सीप भए विदेशमा कमाइ पनि राम्रो हुन्छ । तपाईँले गर्न चाहेको कामको माग कतारका कुन कुन कम्पनीबाट आएको छ भनेर हेर्न मिल्छ । त्यसका लागि वैदेशिक रोजगार विभागको वेवसाइटमा गएर वैदेशिक रोजगारीको खोजी भनेर लेखिएको बटन क्लिक गर्नुहोस् । र त्यहाँ दिइएको निर्देशन पालना गर्नुहोस् । कसरी हेर्न मैले यहाँ भिडियो लिंक पठाएको छु ।https://youtu.be/OWP8YdjwKJo

अहिले सरकारले एजेण्टको व्यवस्था खारेज गरेकाले तपाईँ विदेश जान कुनै पनि एजेण्टको भर नपर्नुहोस् । कुन काममा कुन म्यानपावरले पठाउछन् । त्यसको ठेगाना कहाँ हो लगायतका विवरण पनि विभागको अनलाइनबाटै थाहा पाइन्छ । माथिको लिङ्कमा गएर भिडियो हेर्नुहोस् । विदेश जाँदा बुझेर मात्र जानु पर्छ । कसैको लहलहैमा लागेर वा अरुको कुरा सुन्दा ठगीमा पर्न सकिन्छ । तपाईँको पालिकामा रोजगार सेवा केन्द्र छ । त्यहाँ गएर बुझ्न सक्नुहुन्छ । अथवा केही जानकारी चाहिँएमा नेपाल सरकारको कल सेन्टर ११४१ मा फोन गरेर बुझ्नुहोस् ।