तिलक नारायण / यूएई

प्रश्नः म १० वर्षदेखि यूएईमा काम गरिरहेको छु । तर ९ महिनाअघि विशेष कारणले मलाई कम्पनीले निकालिदियो । अहिले अर्को कम्पनीमा काम गरिरहेको छु । अब नेपाल आउदा श्रम स्वीकृति लिनपर्छ । किनकी यो कम्पनीमा मैले श्रम स्वीकृति लिएको छैन । त्यसैले अब यो कम्पनीका लागि श्रम स्वीकृति लिन मैले के के कागजात पेश गर्नपर्छ ?


 

उत्तरः तिलक नारायण जी, हामीले तपाईंको प्रश्नको उत्तर श्रम कार्यालय ताहाचलका निर्देशक सुरेश जोशीबाट ल्याएका छौं । तपाईँले कम्पनीले के कारणले कामबाट निकालेको हो भनेर खुलाउनुभएको छैन् । र तपाईँ अहिले गैरकानुनी रुपमा काम गरिरहेको हो या कानुनी रुपमा भन्ने पनि प्रष्ट छैन । तर यदी तपाईँले कानुन विपरित कुनै काम गर्नुभएको छैन र कम्पनीले कुनै रोक लागएको छैन भने नेपाल आउँदा अर्को कम्पनीमा जानका लागि सजिलै श्रम स्वीकृति लिन पाइन्छ । त्यसका लागि पहिलेको श्रम स्टीकर टाँसिएको पासपोर्ट र अहिले काम गरिरहनुभएको कम्पनीले दिएको करार सम्झौता पुन श्रम स्वीकृति लिन श्रम कार्यालय ताहाचलमा बुझाउन पर्छ । साथै, तपाईँले काम गरिरहेको कम्पनीकै इमेलबाट तपाईँको करार सम्झौता सहितको जानकारी श्रम कार्यालय ताहाचललाई पठाउन पर्छ ।