नेपाली नागरिकता कसरी बनाउने ? के के चाहिन्छ ?

 साउन २७, २०७५ आइतबार
unn.prixa.net

मोवाईलको सिमकार्ड बिना आजकाल कुनै काम हुँदैन, तर आफ्नो नाममा मोवाईलको सिमकार्ड लिन पनि हिजोआज नागरिकता चाहिन्छ । नागरिकता बिना न पासपोर्ट बन्छ, न त कलेजमा नाम लेखाएर पढ्नै पाईन्छ । जागीर खान, स्कूटर र गाडीको लाईसेन्स लिन र कुनै व्यापार व्यवसाय गर्ने कुरा त नागरिकता बिना कल्पना पनि गर्न सकिन्न । नागरिकता हरेक नागरिकको पहिचान पत्र पनि हो । त्यसैले, १६ बर्ष लागेपछि हरेक नेपालीले नागरिकताको प्रमाणपत्र लिनुपर्छ ।

नागरिकता लिन के कस्ता कागजपत्र चाहिन्छ ? नागरिकता लिन कहाँ जाने र कसरी लिने भन्ने कुरा थाहा नपाएर अलमलमा पर्नु भएको छ ? हेर्नुहोस भिडियो ।

नागरिकता कसरी लिने भन्ने बारेमा विस्तृत जानकारी एन्ड्रोइड मोवाइलको थाहा छ (Thaha Chha) मोवाइल एप्लिकेसनबाट पनि लिन सकिन्छ । थाहा छ एप्लिकेसन प्ले स्टोरमा गई डाउनलोड गर्न सकिन्छ । थाहा छ एप्लिकेसन एकपल्ट डाउनलोड गरिसकेपछि इन्टरनेट नहुदाँ पनि चल्छ ।

यो सामग्री मानव अधिकारका लागि महिला, एकल महिला समूह र अक्सफाम नेपालको सहयोगमा तयार पारिएको हो ।

मानव अधिकारका लागि महिला, एकल महिला समूह सम्बन्धि थप जानकारीका लागि

फेसबुक: https://www.facebook.com/WHRnepal/

ट्वीटर: https://twitter.com/WHRNepal

वेवसाइट: http://whr.org.np/

इमेल: [email protected]