जय नारायण/ मलेसिया

घरको समस्या सामाधान गर्नको लागि हामी विदेश लाग्छौँ तर विदेशमा पनि समस्या नै समस्याको सामना गर्नुपर्दा आफ्नो मातृभूमि र जन्मभूमिको यादले सताइरहन्छ। काम त गर्नु नै छ जहाँ बसे पनि तर आँखाबाट आसु त्यो बेला झर्छ जब हामी आफ्नै नेपाली साथीबाट हेपिन्छौँ र लुटिन्छौँ। यदि हामी अनुशासनमा रही काम गर्‍यौँ भने यहाँको लोकल मान्छेसँग खासै डर हुँदैन तर आफ्नोसँग हुन्छ।