Facebook

विरेन्द्र ठकुरी

जुन सरकार आए पनि देशमा हत्या हिंसा बलात्कार रोकिएको छैन । नेपालमा कानुन छ भनेर कसैले पनि महशुस गर्न नपाउने भए ।

थप पढ्नुहोस्
सागरमणि पोख्रेल

भदौ १४ गतेदेखि काठमाडौंमा हुने विमिस्टेक बैठकका लागि सरकारले देखाएको रातदिनको मर्मत र सृङ्गार तारिफयोग्य छ । यो विकास बैठक पछि पनि निरन्तर होस्, यस्तै गतिमा देशैभरी । लाज ढाक्ने मात्रै होइन, दिगो विकास हुनुपर्छ, अनि मात्र बन्ने छ नयाँ नेपाल ।

थप पढ्नुहोस्
रमेश चौलागाई

जब सम्म यो देशमा रास्ट्रपति, प्रधानमन्त्री उच्च तहका नेताका छोरी चेली पीडित बन्दैनन, तब सम्म हजारौ निर्मलाहरु बलात्कारमा परी नै रहनेछन् । र जुन सुकै सरकार आए पनि तमासा देखाइरहने छ ।

थप पढ्नुहोस्
प्रदिप भुषाल

भारतले सिमा मिच्दा, तारबार उखेल्दा, नेपाली कुट्दा भाग्ने सुरक्षाकर्मी नागरिकले न्याय माग्दा गोलि चलाउँछन् । आखिर के का लागि ? नागरिकले न्याय माग्न पाउँदैनन् र सरकार ?

थप पढ्नुहोस्
नविन अधिकारी / युएई

म नेपालबाट ब्याचलर इन होटल म्यानेजमेन्ट सकेर हाल दुवईमा किचनमा सेफको रुपमा कार्यरत छु । नेपालमा प्राविधिक पढाइ भएकाले होला यहाँ काम र सबै कुरा कन्ट्रयाक्ट अनुसार नै पाएको छु । समग्रमा भन्दा दुवई बसाई खुशीमा नै बित्दै छ । यसको मुख्य कारण भनेको मेरो दक्षता र सीप हो जस्तो लाग्छ । विदेश आउने सबैले सीप सिकेर आउँदा र...

थप पढ्नुहोस्
सुनिता जिसी

मेरो देशका सिन्डिकेटेहरूले अनुगमन गर्न गएकालाई गेट भित्र थुनेको समचार सुन्दा अच्म्म लाग्यो । कालीमाटीका तरकारी फलफुल ब्यबसायीको एति ठूलो तागत दुई तिहाइ सरकारलाई पनि हल्लाउने । यदि सिन्डिकेट बिचल्लीहरुलाई कारबार्ही गर्न नसक्ने हो भने केको दुई तिहाईको सरकार । खुबि छ भने सबै सिन्डिकेट धारीलाई कारबाहि गरेर देखाउ ।

थप पढ्नुहोस्
दिनेश पराजुली

जहाज खरिद प्रक्रिया सिधै बिमान निर्माता कम्पनीसँग नभएर दलाल मार्फत भएको भन्ने विभिन्न तथ्य सहितको समाचार बाहिर मिडियामा आइरहँदा पनि सरकार किन मौन छ ? तत्काल एउटा छानबिन समिति गठन गरी सत्यतथ्य छानबिन गर्न किन सक्दैन ? के यस्तो विषयमा पनि मौन बस्न मिल्छ ?

थप पढ्नुहोस्
रमेश पौडेल

नागरिकलाई मनलाग्दि चर्काे कर लगाएर आफूले मोज गरियो भन्ने ट्विट धन्न गरेन छन प्रधानमन्त्रीले । नागरिकलाई यति धेरै दुख दिएर आफू चाही बिलासि जीवन बिताउने अनि उल्टै यो र त्यो गरे भनेर गफ दिने । कर लाउन भन्दा अगाडि नागरिकलाई कर तिर्न सक्ने बनाउनु पर्छ भन्ने किन नसोच्या होला प्रधानमन्त्री ज्युले ।

थप पढ्नुहोस्
रमेश भण्डारी

अहिले नेपालमा सबै भन्दा पहिला नागरिकको सुरक्षा आवश्यक छ । हत्या, वलात्कार, चोरी डकैती लगायतका आपराधिक घटनाहरु बढ्दै गएको बेला सुरक्षा कडा हुनु पर्यो । नागरिक जोखिममा परेका छन् । नागरिकको समस्या समाधानमा चासो नदिई सरकारले रेल गाडी र पानी जहाजको कुरा गर्नु कत्तिको सुहाउला ?

थप पढ्नुहोस्
महेश राई

अहिले शहरका स्कुल र गाउँका बोडिङ स्कुलमा अंग्रेजी माध्यमबाट अध्ययन हुँदै आएको छ । सबै स्कुलमा नेपालीसँगै अंग्रेजी माध्यमलाई पनि उत्तिकै महत्व दिएर अध्ययन गर्ने वातावरण मिलाएमा राम्रै हुन्थ्यो होला । हामीले नेपाली भाषालाई पनि चटक्कै माया मार्नु हुन्न अनि विश्वब्यापी बनेको अंग्रेजी भाषालाई पनि हेला गर्नुहुन्न । त्यसैले रा...

थप पढ्नुहोस्
प्रकाश गजमेर

खेलाडीको हौसला बढाउने काम राम्रो हो । तर नेपालमा खेलकुद क्षेत्रको विकासमा भएको ढिलासुस्ती देख्दा अचम्म लाग्छ । अरु देशले खेल र खेलाडीका लागि कति लगानी गर्छन् । हाम्रो देशमा चाहिँ किन यस्तो होला ?

थप पढ्नुहोस्
सानु काजी

अबको १० बर्ष लगातार कुलमान घिसीङलाई विद्युत प्राधिकरणको कार्यकारिणी अनि ब्यवस्थापनको जिम्मेवारी दिने हो भने विधुत प्रधिकरण दक्षिण एशियाकै एक उहाहरणीय प्राधिकरण हुने निश्चत छ ।

थप पढ्नुहोस्
पुनम नामजाली मगर

गाउँ गाउँमा होइन अब नेपालीलाई युरोप तिर पो रोजगारको सिर्जना हुन लागेछ । भाषणमा त अब नेपाली युवाहरुले वैदेशिक रोजगारका लागि विदेश जान नपर्ने कुरा गर्छ, व्यवहारमा अर्कै हुन्छ । सरकार गरीब नागरिकलाई वैदेशिक रोजगारीमा पठाएर नेपालमा विकास र समृद्धि नारा किन दिन्छौ ?

थप पढ्नुहोस्
गौरब जंग कुँवर

यो मुलुकी ऐन जन जनमा पु¥याउनका लागि अर्को बर्ष ८, ९ र १० कक्षाको पाठ्यक्रममा समाबेश गरियोस । साथै व्यापक रुपमा प्रचार प्रसार गरेर अपराधीलाई ठाउँको ठाउँ कारबार्ही भएको सुन्न र देख्न पाइयोस् । अनि मात्रै देशमा पनि कानुन छ भन्ने महशुस हुनेछ हामी नागरिकलाई ।

थप पढ्नुहोस्
लक्ष्मण सुनार

नेपालमा घुस खोर नीति तिब्र गतिमा मौलाउँदै गएको छ । नागरिकले तिरेको करले तलब खाने र तिनै नागरिकको काम गरे बाफत घुस लिने यो कस्तो नीति हो सरकार ? के यस्ता कर्मचारीले देशलाई विकासको गतिमा लैजाला र ? एक पल्ट गम्भीर भएर सोचौ त, कडा कारबार्ही होस् घुस्यहाहरूलाई । ताकी अरूले पनि यस्तो कम गर्न नसकुन ।

थप पढ्नुहोस्
अनमोल आभाष

अर्थमन्त्री ज्युलाई एउटा प्रश्न गर्न मन लाग्यो । नागरिकले कर तिर्न नसके छुट दिने भन्नु भएको रहेछ । बुझिएन नि, अनि के का लागि कर बुझाउन पर्ने हो ? नागरिकले दिएको अमुल्य भोटको दाम हो कि के हो ? देशको सबै मिडिलाई कर तिर्ने कारण खुलाई दिनु प¥यो, नागरिक अन्योलमा छन् ।

थप पढ्नुहोस्
हरि कठायत

डाक्टरले दाहिने खुट्टाको अप्रेसन गर्नु पर्नेमा देब्रेको गरिदिन्छन्, मृगौलाको पत्थरी फाल्नुपर्नेमा पाठेघर नै फाल्दिन्छन्, अनि अपरेसन गरेपछि कैची, कपडा भित्रै छोड्ने, गलत उपचार गर्नेलाई कारवार्ही हुने कानुनको विरोध गर्नु भनेको अपराध गर्न पाउनुपर्ने माग हो । यस्तो मात्र गर्नेहरुले पेशा त्यागे पनि फरक पर्दैन ।

थप पढ्नुहोस्
आरोन लक्सम लिम्बु

११ वर्षीय बालक हत्या भन्दा हत्याराको बचाउमा लागेका व्यक्तिले के चाहेका छन् । आगामी दिनमा पनि अपहरण बलात्कार जस्ता जघन्य अपराधलाई स्थान दिऔं भन्ने हो ? होईन भने किन अपराधीको पक्षमा वकालत ?

थप पढ्नुहोस्
प्रताप नारायण

जथाभावी बाटो बनाउनाले धेरै घर परिवारको उठिबास भएको छ,भने धेरैले अनाहकमै ज्यान गुमाउनु परेको छ । सरकारले बाटो बनाउनु भन्दा पहिले देशभरी कहाँ बाटो बनाउन सकिन्छ, कहाँ सकिदैन भनेर किन भौगोलिक अध्ययन गर्दैन । यति गर्ने हो भने धेरै नेपालीको अनाहकमा जान जाने थिएन ।

थप पढ्नुहोस्
सम्राट विष्ट

देशमा भ्रष्टाचार र वलात्कार दिनदिनै बढिरहेको छ । हत्या, हिंसा पनि कम भएको छैन । विकास निर्माण र सार्वजनिक सेवा प्रवाह कछुवा गतिमै छ । पुनः निर्माण र बाढीपहिरोबाट भएको क्षतिको वास्ता छैन । करको भारी बोक्नै नसक्ने गरी नागरिको पिठ्युँमा चडाईएको छ । संविधान पछि केके न परिवर्तन आउछ भनेर कुरेर बसेका नागरिक संविधान...

थप पढ्नुहोस्
तेजेन्द्र योगी

भारतले हाम्रो देशको सिमाना मिचेको खबर दिनहु सुन्छु । मलाई यस्तो लाग्छ की मेरो मुटुको टुक्रा नै चुडेर लग्यो । पत्रकारहरुलाई पनि लाग्छ होला, लाग्छ भने किन देशका ठुला देश चलाउने ठेकेदार सामु पुर्याउनु हुन्न, अनि दबाब दिनु हुन्न । हजारौ नेपाली सुकुमबासी भैसके यस्तै पारा हो भने कुनै समय हामी सारा नेपाली शरणार्थी बन्...

थप पढ्नुहोस्