Facebook

श्रीजल लामा

सरकारलाई यो जानकारी होस कि कतारमा नेपालीको बेसिक तलब ३०० रियाल छ भनेर । कतार आफु विश्वमा धनि राष्ट्र अनि विश्वकपको तयारी गर्दैछ तर लाखौं कामदारको अवस्थाका बारेमा कतारको सरकारले सोचेको छैन । कामदारले काम अनुसारको तलब पाएका छैनन् ।

थप पढ्नुहोस्
अश्विनकुमार थापा

पहिला आफूलाई बचाउनु होस् । आफ्नो हत्यारा आफै नबन्नु होस । यदि यही अवस्थामा तपाईंको ज्यान तलमाथि भयो भने आत्महत्या भनेर व्याख्या गर्न पनि पछि पर्दैनन् । किनकी सत्तामा हुने अनि प्रतिपक्षमा हुने दुवैले आफ्नो स्वार्थ अनुसार तपाईंको समर्थन र विरोध गरिरहेका छन् । त्यसैले तपाईंको सत्याग्रहलाई उनीहरुको साधन बन्न नदिनुहोस् ।

थप पढ्नुहोस्
निलम कुँवर

हाम्रो देश कुनै पद्धति नभएर बिग्रेको होइन । हाम्रा देश बिगारेको पद्दति नमान्ने, आफूलाई दिग्गज र सर्र्वोसर्वा ठान्ने घमन्डिहरुले गर्दा नै हो । राज्यको अनुमति र विधि नमान्ने मनोमानीमा चल्ने जुनसुकै ओहदाका अधिकारीलाई कारवार्ही गर्नुपर्छ सरकार ।

थप पढ्नुहोस्
लियो कवि पौडेल

डाक्टर गोविन्द केसीले अनसन बस्दा कांग्रेसको झन्डा बोकेर अनसन बसेका छैनन् । डाक्टर केसीको माग ३ करोड नेपालीको माग हो, त्यसैले स्वास्थ्यमा राजनैतिक हस्तक्षेप नगरौ । २ तिहाई सरकार छ भन्दैमा निरकुंश व्यवहार गर्न पाईन्छ र ? केसीको मागप्रति ३ करोड नेपालीको साथ छ ।

थप पढ्नुहोस्
दिपकराज अधिकारी

बजेटबारे संसदमा मन्त्रीहरुसँग बोल्दा एक जनाले मात्र पश्न गर्न पाउने अनि त्यो पनि एक मिनेट भित्र कस्तो लोकतन्त्र हो । हामीलाई देशको राष्ट्रिय टिभीबाट प्रत्यक बैठकको लाइभ चाहियो, हामी जान्न चाहन्छौं हामीले चुनेर पठाएका सांसद कति कुर्सिमा छन् कति बाहिर छन् र कुर्सीमा बस्नेहरुले के भनिरहेका छन् भनेर ।

थप पढ्नुहोस्
दिपक चन्द

कविता देशमा छँदा राज्यको अनुभुति हुदैन, परदेशमा हुँदा जीवनको अनुभुति छैन । सरकारले अब गर्छ कि भन्दा भन्दै, वर्षौ बित्यो तर परिवर्तनको छाटकाटै छैन । लोकतन्त्र, गणतन्त्र, संसारमा भएको जति, सबै मन्त्र तन्त्र आइसक्यो तर खै हामी परदेशीले आफ्नै देशमा पाखुरा बर्जाने दिन कहिले आएन ।

थप पढ्नुहोस्
मोदिप राई

डाक्टर गोविन्द केसीको बारम्बारको असन्तुष्टिलाई सरकारले छिटै ध्यान दियोस्, गम्भिर बनोस् । नभए भोली डाक्छर केसीको समर्थनमा लाखौ जनता सडकमा नआउलान् भन्न सकिन्न ! बेलैमा चेतना होस सरकारलाई ।।

थप पढ्नुहोस्
सुर्य लामा

भूकम्प गएको ३ वर्ष वितिसक्दा पनि धेरै भूकम्प प्रभावित अस्थायी टहर मुनी बसिरहेका छन् । सरकारको राहत उनीहरुसम्म पुग्न सकेको छैन् । तर सरकारै पिच्छे प्रमुख फेरिरहेका छन् । भूकम्प प्रभावितका लागि यो भन्दा ठुलो विडम्बना अरु के हुन सक्छ र । यस्तो अबस्थामा कर्मचारीलाई तलब दिएर राख्नुभन्दा प्राधिकरण नै खारेज गरिदिए हुन्छ । कमसेक...

थप पढ्नुहोस्
मरिक बाबु

बझाङको साईपाल गाउँपालिकाले जाँड रक्सी खाने र बेच्नेबाट उठाएको जरिवानाले खोलामा काठेपुल निर्माण गरेको खबर उज्यालोमा पढ्दा निकै प्रसंशनिय र उदाहरणीय लाग्यो । यसले गर्दा न गाउँमा झगडा नै हुन्छ न त खोला तर्दा समस्या नै हुन्छ ।

थप पढ्नुहोस्
नबराज दाहाल

भत्काउनै पर्छ, आफ्नो घर डुबानमा पारेर अरुको बचाउको लागि बाटो हेर्नु हँुदैन । सरकारको मुख ताक्ने हो भने त,मान्छे मरिसक्दा पनि देख्दैन । त्यसैले जति सक्दो छिटो भारतले बनाएका बाँध र पर्खाल भत्काए पछि हामीलाई शान्ति मिल्छ ।

थप पढ्नुहोस्
टिकाराम ओली

विद्यालयमा कानुनको पढाई गर्नु भन्दा कोरियन, जापनीज, हिब्रु, मलेसियन, अरवी भाषाको विषय राख्दा राम्रो होला । किनकि विद्यालय शिक्षापछि अधिकांश युवाको रोजाई नै यिनै देशहरु हुन । चाहेर या नचाहेर, ध्यान जाओस ?

थप पढ्नुहोस्
संगिता रेग्मी

लगातारको वर्षासँगै तराई मधेशका विभिन्न ठाउँ डुबानमा पर्ने समस्या हरेक वर्ष आउँछ । यसको रोकथामको लागि दीर्घकालिन योजना बनाएर अगाडि बढ्न आवश्यक छ । तत्कालिन राहत र उद्धारले मात्र यो समस्या समाधान हुन सक्दैन ।

थप पढ्नुहोस्
लिला डाँगी

देशमा कति बिरामी सिटामोल समेत नपाएर छटपटाएका छन् । उता राम्रो मान्छे भोकै बसेकोले विरामी परेका छन्, र डाक्टर साबहरु उपचारमा खटिएका छन । जुस खुवाई दिनु उहाँलाई ठिकहुन्छ ?

थप पढ्नुहोस्
अजय लामिछाने

‏हामीले आफ्नो औकातको कुरा गरिरहँदा हामीलाई अहिलेको स्थितिमा तुईन हटाई पुलको ब्यबस्था गरियोस् । अनि बर्षायाममा सडक अबरुद्ध नहोस्, बाढी, पहिरो र दुर्घटनामा परेर नेपालीले अकाल मै ज्यान गुमाउन नपरोस् । यति कुरा भएमा हामीलाई चाहिदैन् रेल अनि पानि जहाज ।

थप पढ्नुहोस्
शेर थापा

पक्राउ परेका व्यवसायीको पसलको नाम पनि उल्लेख गरेको भए सर्वसाधारण नागरिकलाई साबधानी अपनाउन सजीलो हुन्थ्यो । ब्यक्तिको नाम धेरैलाई थाहा हुर्दैन पसलको नाम उल्लेख्य गर्न मिल्छ भने उल्लेख गरिदिनुहोस् ।

थप पढ्नुहोस्
धर्मदेव ओझा

शिक्षा मन्त्री र राष्ट्रिय परीक्षा बोर्डका प्रमुखले राजिनामा गरी एसइइ नतिजा प्रकाशनमा भएको गम्भीर लापरवाहीको निष्पक्ष, स्वतन्त्र र न्यायोचीत छानबिन गर्न सहयोग गर्नुपर्छ ।

थप पढ्नुहोस्
गणेशप्रसाद हुजदार

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा २२ महत्वपूर्ण आयोजनामा सहमति हुनु खसीको कुरो हो । तर विगत जस्तो यी आयोजना फगत कागज र गफमा सिमित हुनु भएन । कार्यान्वयन गरेर देखाउनु पर्यो प्रधान्मन्त्री ज्यू !

थप पढ्नुहोस्
सोमबहादुर राना

नेताहरु सत्तामा पुगेपछि सबै कुरा बिसिन्छन् । देश विकास भएर स्वदेश मै रोजगारी भए, आज किन लाखौ युवा विदेश पलायन हुने थिए । बाझो जमिनमा पनि सुन फलाउन सक्थ्ये । सस्तो लोकप्रियताका लागि जे मनमा आयो त्यही बोल्दै नहिड्नुहोस् । पाच बर्ष पछि त फेरि घुम्दै फिर्दै रुम्जाटार भने झै आउनु पर्ला नी ।

थप पढ्नुहोस्
प्रेम विश्वकर्मा

शिक्षाको सिण्डेकेट र असमान शिक्षाको व्यवस्थापनमा नेपाली विद्यार्थीले कैलेसम्म सास्ती पाउने । यसको ब्यव्स्थापन कहिले हुन्छ । के नेपाल सरकारले बिदेशीको लागि मजदुर मात्र उत्पादन गर्ने हो ? दक्ष जनशक्ति उत्पादन गर्न सरकारी संयन्त्रले के गर्दै छ ?

थप पढ्नुहोस्
दिपक ढकाल

मेरो विचारमा विदेशमा काम गर्न जादै हुनुहुन्छ, भने सीप र नियम सामान्य रुपमा जान्नै पर्ने हुन्छ, यदि नीति नियम जानियो भने अहिले भैरहेको दुख अलि कम हुन्थ्यो की ?

थप पढ्नुहोस्
घनश्याम घिमिरे

फराकिलो बाटो हुँदा चालकहरु तिव्र गतिमा गाडी कुदाएर दुर्घटना गराउँछ्न । अनि साँघुरो हुँदा बाटो साँघुरो भयो भन्दै दोष दिन्छ्न । यो समस्या न्युनिकरण गर्न अब स्पिड क्यामराको प्रयोग जरुरी छ ।

थप पढ्नुहोस्