अरिङ्गालको टोकाइबाट बालकको ज्यान गयो

 कात्तिक ३०, २०७५ शुक्रबार ९:७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख  – अरिङ्गालको टोकाइबाट दैलेखमा एक बालकको ज्यान गएको छ । अरिङ्गालको टोकाइबाट दुल्लू नगरपालिका–८ द्वारीचाखाका टिपुरी नेपालीका कान्छो छोरा तीन वर्षीय महेश नेपालीको ज्यान गएको प्रहरीले बताएको छ । 

इलाका प्रहरी कार्यालय दुल्लूका इञ्चार्ज प्रहरी निरीक्षक बजीरसिंह विष्टका अनुसार हिजो दिउँसो बारीमा अरिङ्गालको गोलामा ठूला केटाकेटीले ढुङ्गा हानेपछि भाग्न नसकेका ती बालकलाई अरिङ्गालले टोेकेको थियो । 

घाइते भएलगतै अभिभावकहरुले घरमै औषधि गर्न थालेको ढिला गरी दुल्लू अस्पताल लगिएकाले उपचारकै क्रममा ज्यान गएको दुल्लू अस्पतालका स्वास्थ्य सहायक खड्कबहादुर शाहीले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया