प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
युईएफए नेसन्स लिगमा बेल्जियमले आइसल्याण्डलाई २–० ले हराएको छ । जितसँगै बेल्जियम तीन खेलबाट नौ अंक बनाउँदै शीर्ष स्थानमा छ । अघिल्लो तीन खेलमा पराजित हुँदै रेलिगेसनमा परिसकेको अइसल्याण्डलाई हराउनका लागि दुबै गोल मिची बात्शुयाईले गरेका थिए ।
ब्रुसेल्सस्थित घरेलु मैदानमा पहिलो हाफमा गोल हुन सकेन । ६५औं मिनेटमा बात्शुयाईले गोल गर्दै बेल्यिमलाई अग्रता दिलाएका थिए । उनले थोमस मुनिरले मिलाइदिएको बललाई गोलमा परिणत गरेका थिए ।
८१औं मिनेटमा बात्शुयाईले अर्को गोल गरे । थोर्गन हाजार्डको पासमा हान्स भानाकेनले प्रहार गरेको सट आइसल्याण्डका गोलकिपरले बचाएका थिए । तर उनको हातबाट फर्किको बललाई बात्शुयाईले गोल गरे ।