८२ औँ वार्षिकोत्सव मनाउँदै नेपाल बैंक

 कात्तिक ३०, २०७५ शुक्रबार १०:५३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडले शुक्रबार ८२ औँ वार्षिकोत्सव मनाउँदैछ ।

१९९४ साल कात्तिक ३० गते स्थापना भएको यो बैंक, नेपाल राष्ट्र बैंकभन्दा पनि पुरानो हो । गएको आर्थिक वर्षमा ३ अर्व ३९ करोड खुद मुनाफा गरेको नेपाल बैंकले चालु आर्थिक वर्षको सुरुको तीन महिनामा झण्डै ९१ करोड खुद मुनाफा आर्जन गरेको जनाएको छ ।

गएको असोज मसान्तसम्म ९३ अर्ब रुपैयाँ निक्षेप संकलन र ८१ अर्बको हाराहारीमा ऋण प्रवाह गरेको छ । अहिले १५ लाख नागरिकलाई नियमित सेवा दिइरहेको नेपाल बैंकका १ सय ४६ वटा शाखा र ८१ वटा एटीएम रहेको बैंकले जनाएको छ । सरकारको ५१ र सर्वसाधरणको ४९ प्रतिशत शेयर रहेको बैकको बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ छ ।  
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया