स्कुल बसको ठक्करबाट एक वृद्धको ज्यान गयो

 कात्तिक ३०, २०७५ शुक्रबार १३:४२:४९ | श्यामशितल परियार

लमजुङ – स्कुल बसको ठक्करबाट लमजुङमा एक जना वृद्धको घटनास्थलमै मृत्यु भएको छ । 

डुम्रे–बेसीशहर सडकखण्डमा पर्ने बेसीशहर नगरपालिका–१,उदीपुर खोलामा गोल्डेन फ्युचर एकेडेमी बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा पैदलयात्री बेसीशहर नगरपालिका–४, पुरानकोटका ७३ वर्षे टकबहादुर गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिनुभयो ।   

ठक्कर दिने ना ३ ख ७३९४ नम्बरको बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको पनि उहाँले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत ७, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया