अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
भोजपुर – सदरमुकामको जिल्ला प्रहरी कार्यालय नजिकै एक घरमा आगलागी भएको छ । भोजपुर नगरपालिका वडा नं. ७ का गोविन्द सुन्दासको घरमा आगलागी भएको हो ।
घरको बीच तलमा बिजुलीको तार सर्ट भई आगो लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चरित्रविक्रम कार्कीले जानकारी दिनुभयो ।
आगलागीबाट कति क्षति भयो भन्ने विषयमा यकिन नभएको कार्कीले जानकारी दिनुभयो ।
आगलागी सुरु भएको एक घण्टा भित्रमा स्थानीय, आर्मी, प्रहरी र दमकलको सहायताले आगो निभाइएको छ ।