फस्ट लुकमा यस्ती देखिइन् ‘साँइली’

 कात्तिक ३०, २०७५ शुक्रबार १३:५९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - चलचित्र ‘साँइली’को फस्ट लुक सार्वजनिक गरिएको छ । 

फस्टलुकमा चलचित्रकी नायिका मेनुका प्रधानलाई प्रस्तुत गरिएको  छ । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रलाई हेमन्त रानाको गीत ‘सुन साँइली’बाट नै राखिएको बताइएको छ ।

‘सुन साँइली’बोलको गीतलाई दर्शकले रुचाएका थिए । जीएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई गायक हेमन्त राना र नायक गौरव पहारीले मिलेर निर्माण गरेका हुन् ।

चलचित्रमा कालिप्रसाद बाँस्कोटा र सुशान्त गौतमको संगीत रहेको छ । चलचित्रको छायाँकन शैलेन्द्र डी कार्कीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठको रहेको छ । 

विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राई, कृपा सिंह लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र चैत्र १५ गतेबाट नेपालभर प्रदर्शनमा आउने छ ।
 

- उज्यालो र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया