ट्रयाक्टर दुर्घटनामा कलाकार अमृत तामाङको मृत्यु

 कात्तिक ३०, २०७५ शुक्रबार १४:३१:१४ | उषा तामाङ
unn.prixa.net

दोलखा – दोलखाली कलाकार अमृत तामाङको शुक्रबार ट्रयाक्टर दुर्घटनामा परी ज्यान गएको छ । 

दोलखाको विगु गाउँपालिका वडा नम्बर–३, बुलुङ भिरमुनीका ४४ वर्षीय तामाङको शुक्रबार बिहान मृत्यु भएको हो । 

लु ३ त ९७२३ नम्बरको ट्रयाक्टर ढुंगा लोड गरी बुलुङबाट भिरमुनी भन्ने ठाउँतिर जाँदै गर्दा ट्रयाक्टर ब्याक गर्ने क्रममा ट्रयाक्टर सडकबाट करिब ३२ फिट तल खसेको थियो । 

सडकबाट खसेको ट्रयाक्टरले च्याप्दा तामाङको घटनास्थलमै ज्यान गएको हो । मृतक तामाङ त्यस ट्रयाक्टरका साहु भएको बताइएको छ । 

चालकको नाम थर नखुलेको र उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ । 

मृतक तामाङले पुरानो माया, दौंतरी जस्ता चर्चित सेलो भाका गाउनुभएको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया