निर्वाचन कानुन सुधार गर्न सरकारसँग निर्वाचन आयोगको आग्रह

 कात्तिक ३०, २०७५ शुक्रबार १५:११:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन कानुन सुधार गर्न सरकारसँग आग्रह गरेको छ । 

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले संवैधानिक व्यवस्था अनुसार निर्वाचन कानुन सुधार गर्न सरकारसँग आग्रह गर्नु भएको हो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले चुनावको मिति घोषणा गर्ने अधिकार आयोगलाई नै दिनुपर्ने अडान पनि दोहोर्‍याउनु भयो । चुनावको मिति घोषणा गर्ने अधिकार आयोगलाई नदिने हो भने चुनावको मिति कानुनमै तोकिदिनु उपयुक्त हुने पनि प्रमुख निर्वाचन आयुक्त यादवको सरकारलाई सुझाव छ ।

निर्वाचन आयोगले चुनावको तयारीका लागि पर्याप्त समय हुने गरी कानुनी व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले मतदाता शिक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न पनि निर्वाचनको तयारीका लागि पर्याप्त समयको आवश्यक्ता पर्नजाने स्पष्ट पार्नुभयो । 
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया