नेपाल प्रहरीले गल्ती दोहोर्‍याउँदैन : महानिरीक्षक खनाल

 कात्तिक ३०, २०७५ शुक्रबार १५:३७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले विगतमा गरिएका गल्ती नदोहोर्‍याउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 

प्रहरी महानिरीक्षक खनालले राष्ट्र र नागरिकको सेवामा मन, बचन र कर्मले समर्पित हुने प्रण समेत गर्नुभयो । ‘नागरिक–प्रहरी जनचेतनामूलक गीत’ को शुक्रबार

काठमाडौंमा एक कार्यक्रमका बीच लोकार्पण गर्दै उहाँले इमान्दारिताका साथ देश र नागरिकको सेवामा लागिरहन नागरिक समाजका अगुवाहरुले नेपाल प्रहरीलाई उत्साहित बनाउने काम गरिरहेको पनि स्मरण गराउनुभयो ।

गायक विजयनारायण मानन्धरको स्वरमा सजिएको त्यो गीतको रचना रमेशचन्द्र अधिकारीले गर्नु भएको छ भने संगीत भूपेन्द्र रायमाझीको रहेको छ । 

प्रहरी महानिरीक्षक खनालले गीतले समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणका लागि प्रहरीहरुलाई झनै उत्साहका साथ काम गर्न प्रेरित गर्ने विश्वास पनि व्यक्त गर्नु भयो । त्यस अवसरमा उहाँले अपराध नियन्त्रणका लागि नेपाल प्रहरीलाई आवश्यक साथ दिन पनि नागरिक समाजसँग पुनः आह्वान गर्नुभयो । 
 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया