बारामा लागुऔषध बोकेको भारतीय गाडी नियन्त्रणमा

 कात्तिक ३०, २०७५ शुक्रबार १६:३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बारा – बाराको विश्रामपुर गाउँपालिका ३ मुसहर्वाबाट सशस्त्र प्रहरीले शुक्रबार बिहान लागुऔषधसहित एउटा भारतीय गाडी नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीको बरैनिया विओपीबाट सशस्त्र प्रहरी निरीक्षक राजेश फुयाँलको नेतृत्वमा खटेको टोलीले लागुऔषध फेनरोगन, डाइजोपाम र नर्फिन बरामद गरेको हो ।
भारतबाट अवैध रुपमा बीआर २२ पी ५२७९ नम्बरको भारतीय बोलेरो नेपाल ल्याउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।

झण्डै ५९ हजार मूल्य बराबरको लागुऔषध बरामद भएको सशस्त्र प्रहरी उपरिक्षक बलराम पोखरेलले बताउनुभयो । प्रहरीले रक्सौलका २३ वर्षीय गाडी चालक सदरे आलमलाई पक्राउ गरेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया