प्रधानन्यायाधीश मिश्रसहितको टोलीले गर्यो सुर्खेत–जुम्ला उच्च अदालतको निरीक्षण

 कात्तिक ३०, २०७५ शुक्रबार १७:१:७ | नेत्र शाही
unn.prixa.net

जुम्ला – प्रधानन्यायाधीश ओम प्रकाश मिश्रले जुम्लामा रहेको सुर्खेत–जु्म्ला उच्च अदालत निरीक्षण गर्नुभएको छ ।

प्रधानन्यायाधीश मिश्रसहित सर्वोच्च अदालत काठमाडौंका प्रमुख रजिष्ट्रार राजनप्रसाद भट्टराईलगायतको टोलीले सुर्खेत–जुम्ला उच्च अदालतको निरीक्षण गरेको हो ।

प्रधानन्याधीश मिश्रले सुर्खेत–जुम्ला उच्च अदालतको बर्सेनि गरिने नियमिति निरीक्षण गर्नुभएको सुर्खेत–जुम्ला उच्च अदालतका मुख्य न्यायधीश तेजबहादुुर कार्कीले जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश मिश्रले निरीक्षणको क्रममा आन्तरिक रुपमा भइरहेका कामहरुको बारेमा जानकारी समेत लिनुभएको छ । यसैगरी अदालतमा मुद्धा व्यवस्थापनको प्रक्रिया, छिटो छरितो सेवा प्रवाहको बारेमा जोड दिइएको मुख्य न्यायधीश कार्कीले बताउनुभयो । यसैगरी अदालतमा प्रभावकारी र छिटो सजिलो न्याय सम्पादनमा विशेष ध्यान दिन प्रधानन्याधीश शर्माले निर्देशन दिनुभएको छ ।

सुर्खेत–जुम्ला अदालतले भने भइरहेका कामहरु तथा सेवा प्रवाहको विषयामा जानकारी गरेको थियो । टोलीले अदालतको नवनिर्मित भवन, उच्च सरकारी वकील कार्यालयको समेत निरीक्षण गरेको छ ।

नेपाली सेनाको हेलिकप्टरमा प्रधानन्यायाधीश मिश्र, प्रमुख रजिष्ट्रार भट्टराईसहितको टोलीले मुगुको राराताल भ्रमणमा समेत गएको थियो । प्रधानन्याधीश मिश्रसहित न्यायलयको टोली मुगु, जुम्ला, सुर्खेत हुँदै काठमाडौं फर्किएको छ । 
 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया