राष्ट्रपति भण्डारीसँग राष्ट्रसंघका उप-महासचिवको भेट

 कात्तिक ३०, २०७५ शुक्रबार १७:२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त राष्ट्र संघका उप–महासचिव  अमिना जे मोहम्मदले शुक्रबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति भवन, शीतल निवासमा भएको भेटका अवसरमा संयुक्त राष्ट्रसंघको सहयोगमा नेपालमा सञ्चालन भइरहेका कार्यक्रमहरु र नेपाल तथा संयुक्त राष्ट्र संघबीच आपसी सहयोग वृद्धि गर्नेलगायतका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयका प्रवक्ताका छविन्द्र पराजुलीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया