मलाइका अराेडा र अर्जुन कपूरबीचकाे प्रेम-सम्बन्ध झन् झन् झांगिँदै

 कात्तिक ३०, २०७५ शुक्रबार १७:४६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडमा अभिनेता अर्जुन कपूर र मलाइका अरोडाबीच चलिरहेको प्रेम सम्बन्ध अहिले चर्चामा  रहेको छ । 

यस अघिसम्म सार्वजनिक स्थानमा एक–अर्कासँग दूरीमा रहन रुचाउने यो जोडी पछिल्लो समयमा भने खुलेआम एकअर्काको साथमा देखिने गरेका छन् । 

अझै पनि आफूहरुबीचको सम्बन्धका विषयमा कुनै पनि बयान नदिएका यो जोडीको हालै सार्वजनिक तस्बिरले भने दुवैको सम्बन्धको बारेमा प्रष्टसँगै जवाफ दिएको छ । 

मलाइका र अर्जुनले आफूहरुबीचको प्रेम सम्बन्धलाई गोप्य राख्ने कोशिश गरे पनि सार्वजनिक तस्बिरले प्रष्टसँग जवाफ दिएको छ । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

#TisTheSeason 🎄

A post shared by Maheep Kapoor (@maheepkapoor) on

हालै एउटा पार्टीमा सहभागी भएका मलाइका र अर्जुन एकसाथ सोफामा बसेका छन् । तस्बिरमा मलाइका र अर्जुनको दूरी हेर्दा उनी अर्जुनको प्रेममा डुबेको प्रष्ट हुन्छ । 

उक्त तस्बिर मलाइकाकी मिल्ने साथी महीप कपूरले आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत शेयर गरेकी थिइन् । तस्बिरमा मलाइका अरोडा उनका बेस्टफ्रेण्डहरु करीना कपूर खान, अमृता सिंह, सीमा खान, सोफी चौधरीका साथ देखिएकी छिन् । 

तस्बिरमा अर्जुन र मलाइकाबीचको माया प्रष्टैसँग देखिएको छ । केही समयअघि एउटा रेष्टुरेन्ट बाहिर पनि अर्जुन र मलाइका सँगै रहेको तस्बिरहरु सार्वजनिक भएका थिए ।

साथै एउटा टेलिभिजन शोमा समेत अर्जुन कपूर र मलाइका सँगसँगै देखिएका थिए । शोमा खिचिएको मलाइका र अर्जुनको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । 

उक्त भिडियोमा अर्जुन र मलाइका एक–अर्काको हात समात्दै स्टेजमा गएका थिए । वर्षौदेखिको प्रेमलाई लुकाउँदै आएको यो जोडी अब भने खुलेयाम आफ्नो सम्बन्धलाई सार्वजनिक गर्न खोजिरहेको प्रष्ट हुन्छ । 

मलाइका र अर्जुन छिट्टै नै वैवाहिक सम्बन्धमा बाँधिन सक्ने हल्ला पनि बलिउडमा फैलिरहेको छ । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया