राष्ट्रियसभा सदस्य पासवानमाथि कुटपिट

 कात्तिक ३०, २०७५ शुक्रबार १८:४६:५९ | रासस
unn.prixa.net

सर्लाही – राष्ट्रियसभा सदस्य रामप्रीत पासवानमाथि शुक्रबार उहाँकै गाउँमा कुटपिट भएको छ ।

कविलासी नगरपालिका–६ मदनपुरमा छलफल कार्यक्रममा एक समूहले पासवानलाई कुटपिट गरेको हो । उहाँ सङ्घीय समाजवादी फोरम नेपालबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

छलफल गरिरहेको अवस्थामा वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश रायलगायत सात जनाले एक्कासि आफ्नो ज्यान मार्ने किसिमले आक्रमण गरेको उहाँले बताउनुभयो । उहाँको शरीरमा चोट लागेको बताइएको छ ।

राष्ट्रियसभा सदस्य पासवान माथि संघातिक रुपमा आक्रमण गरिएको भन्दै नेपाल दलित सेवा समाजले आन्दोलनको चेतावनी दिएको छ । सङ्घका जिल्ला अध्यक्ष हेमन पासवानले हस्ताक्षर गरेकाे विज्ञप्तिमा घटनाका दोषीलाई तत्काल कारबाही नगरिए आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

यस्तै सङ्घीय समाजवादी फोरम नेपाल जिल्ला कार्यसमितिले समेत विज्ञप्ति जारी गर्दै घटनाको दोषीमाथि कारबाहीको माग गरेको छ । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया