बुवाले गरे १२ वर्षीय छोराको हत्या

 जेठ २७, २०७५ आइतवार २०:३५:६ | उज्यालो सहकर्मी

भक्तपुर – भक्तपुर नगरपालिका १० कमलविनायकमा छुरा प्रहार गरेर बाबुले छोराको हत्या गरेका छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका ५ खरिपाटी स्थायी घर भई हाल कमलबिनायक बस्दै आएका ३५ वर्षीय पलमान गिरीले १२ वर्षका छोरा प्रतिकको हत्या गरेका हुन् । छुरा प्रहारबाट गम्भीर घाइते भएका प्रतिकको काठमाडौ मेडिकल कलेजमा उपचार कै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि प्रतिकलाई काठमाडौ मेडिकल कलेज रिफर गरिएको थियो  । छुरा प्रहार गर्ने पलमानलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त जगातीको हिरासतमा राखिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशिलकुमार पाण्डेले जानकारी दिनुभयो ।  
 

अन्तिम अपडेट: भदौ २०, २०७५

2 Comments

  • omghimire

    June 11, 2018, 6:42 a.m.

    बिशेष गरेर काठमाण्डौवाट बीरगंज चल्ने सुमोले धेरै भाडा लिने गरेका छन् / काठमाण्डौवाट जांदा रु ५०० मा बीरगंज पुर्र्याउछन् / तर , बीरगंजवाट काठमाण्डौ आउँदा भने टाटा सुमोले एक व्यक्ति १००० सम्म लिने , बिल भने ५०० को नै दिने गर्छन/ वाटोमा ट्राफिकले सुमो रोकेर सोधे भने ५०० लियो भन्न लगाउँछन् / यसरी सुमो चढ्नेलाई बाध्यतामा परिरहेका छन्/ .

  • Dipen

    June 10, 2018, 9 p.m.

    Complete news nai xaina. Kina gareko ho pani khulauna paryo nee ta. 😏😏

तपाईको प्रतिक्रिया