सीएनएनका पत्रकार एकोस्टाको प्रेस पास फिर्ता गर्न राष्ट्रपति ट्रम्पलाई अदालतको आदेश

 मंसिर १, २०७५ शनिबार ६:२७:२० | एजेन्सी
unn.prixa.net

अमेरिकाको एउटा अदालतले केबल न्यूज नेटवर्क(सीएनएन) का वरिष्ठ पत्रकार जिम एकोस्टा प्रेस पास फिर्ता गर्न ह्वाइट हाउसलाई निर्देशन दिएको छ ।

यसै महिना ह्वाइट हाउसमा भएको एउटा पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहसका कारण पत्रकार जिम एकोस्टाको ‘प्रेस हार्ड पास’ खोसिएको थियो । 
मुद्दाको सुनुवाइ गर्दै न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्मविरुद्ध सीएनएनको तर्फबाट अदालतमा मुद्दा परेकाले जिम एकोस्टाको प्रमाणपत्र फिर्ता गर्नुपर्ने बताएका थिए । पत्रकारको अभिव्यक्तिको स्वतन्त्रता हुने काम नगर्न पनि ह्वाइट हाउसलाई अदालतले निर्देशन दिएको छ ।

अदालतको फैसलाको प्रशंसा गर्दै पत्रकार जिम एकोस्टाले यो फैसला अमेरिकी पत्रकारिताका लागि ठूलो दिन भएको बताए । अदालतको आदेशपछि ह्वाइट हाउसले जिम एकोस्टालाई प्रेस पास फिर्ता गरेको छ ।

गएको नोभेम्बर ७ मा राष्ट्रपति कार्यालयमा भएको एउटा पत्रकार सम्मेलनमा जिम एकोस्टा र राष्ट्रपति ट्रम्पबीच बहस सिर्जना भएको थियो । त्यसपछि नोभेम्बर ८ का दिन उनको प्रेस पास खोसिएको थियो र उनलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाइएको थियो । पत्रकार सम्मेलनमा नै राष्ट्रपति ट्रम्पले सीएनएनका पत्रकार ‘बदमास र मुर्ख’ भएको आरो्ेप लगाएका थिए ।

पत्रकार सम्मेलनमा एक सरकारी कर्मचारीले जिम एकोस्टाको माइक खोस्ने प्रयाससमेत गरेकी थिइन् । यो भिडियो सामाजिक सञ्जालमा निकै नै भाइरल भएको थियो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया