काठमाडौंको आजको तापक्रम यो वर्षकै कम

 मंसिर १, २०७५ शनिबार ७:४४:४७ | उज्यालो सहकर्मी

काठमाडौं – आज बिहान काठमाडौंको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । 

आज बिहान काठमाडौंको तापक्रम ६ दशमलव २ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि गएको कात्तिक २० देखि काठमाडौंको तापक्रम ६ दशमलब ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

त्यसयता बढेको तापक्रम फेरि घटेर आज यो वर्षकै कम ६ दशमलब २ डिग्री सेल्सियसमा झरेको हो । 

अहिले उपत्यकासहित देशभरी नै हुस्सु तथा कुहिरो लागेको छ । आज पनि दिउँसोपछि पहाडी भूभागको मौसम आशिंक बदली हुने मौसमविद्को अनुमान छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा रहनेछ । 
  
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया