चार जोडीको विवाह रोकियो

 जेठ २८, २०७५ सोमबार ६:२३:५६ | रासस
unn.prixa.net

रुकुम – रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आइतबार चार जोडीको विवाह रोकिएको छ ।

जिल्लामा रहेको बाल सञ्जालले उमेर नपुगि गर्न लागिएका चारवटै जोडीको विवाह रोकेको हो । चौरजहारी नगरपालिका– १२ का १५ वर्षीया किशोरी र १७ वर्षीय युवककाबीच हुन लागेको विवाहलाई रोकेर बाल सञ्जालले उनीहरुलाई आफन्तको जिम्मा लगाएको वडा नं १२ का वडाध्यक्ष एवं बाल सञ्जाल संरक्षण समितिको अध्यक्ष मनमोहन शाहले जानकारी दिनुभयो ।

यस्तै, वडा नं १४ का १८ वर्षीय युवक र सल्यान ढाकाडामकी १६ वर्षीया किशोरीका बीच भएको विवाह तथा चौरजहारी नगरपालिका– १० का किशोर किशोरीका बीच हुन लागेको विवाहसमेत बाल सञ्जालले रोकेर उनीहरुका आफन्तका जिम्मा लगाइएको छ ।

यसैगरी, वडा नं– १३ का १७ वर्षीय युवक र १७ वर्षकै युवतीबीचको विवाह समेत बाल सञ्जालले रोकेको शाहले बताउनुभयो । उनीहरुले उमेर नपुगेर गरेकोले वडा कार्यालयको रोहवरमा विवाह रोकेर आफन्तको जिम्मा लगाइएको हो ।

“नगरपालिकालाई बाल विवाह मुक्त क्षेत्र बनाउनका लागि बाल सञ्जाललाई सक्रिय पारेका छौँ,” शाहले भन्नुभयो । रुकुमेली समाज विकास केन्द्रले यस क्षेत्रमा विगत दुई वर्षदेखि बाल सञ्जाल मार्फत कार्यक्रम गर्दै आएको छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया