नयाँ मितेरी पुलले जोड्दै नेपाल–चीन सीमा

 मंसिर १, २०७५ शनिबार १४:१८:३६ | रासस

रसुवा – नेपाल चीनबीचको व्यापार व्यवसाय अभिवृद्धि गर्ने रसुवागढी नाकामा नयाँ पक्की पुल निर्माणको कार्य अगाडि बढेको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार अहिले भइरहेको स्थानबाट पाँच मिटर उत्तरपूर्वतर्फको लेहेन्दे खोलामा चीन सरकारले पुल निर्माण गर्न लागेको र आफ्नो भू–भागतर्फ पुलको निर्माणको कार्य थालनी गरिसकेको छ ।

अहिले सञ्चालनमा रहेको पक्की पुल विनाशकारी भूकम्पको असरले केही भाग क्षति पुगेकाले कमजोर महसुस भएपछि चीन सरकारले नयाँ पुल निर्माण गर्न थालेको बताइएको छ ।

दैनिक चार/पाँच सय मालबाहक सवारी साधन ओहोरदोहोर गर्ने भएकाले लेहेन्दे खोलाको अस्थायी पुल बनाउने र ६ महिनाभित्र पक्की पुल निर्माण गरिसक्ने सीमा क्षेत्रका चिनियाँ अधिकारीबाट आफूले जानकारी पाएको प्रजिअ पौडेलले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया